Media Network

पाँचथरको फालेलुङमा पहिरोले घर बगायो, तीन जना बेपत्ता


खबरस्टोरी संवाददाता

१८ असार २०७९,शनिबार

पाँचथर । अविरल वर्षासँगै खसेको पहिरोले पाँचथरको फालेलुङमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् ।

फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर शुक्रबार रातीको पहिराले बगाएको हो । पहिरोले घर बागाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् ।

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर सकुशल भेटिएको छन् । प्रहरीचौकी सिदिनले जनाएको छ । घटनास्थल पुगेको प्रहरी टोलीले विहानदेखि नै खोजी तथा उद्धार कार्य जारी राखेको पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद