Media Network

पाँचवर्षीय बालकसहित दुई  मृत फेला


खबरस्टोरी संवाददाता

५ कार्तिक २०७८,शुक्रबार

बैतडी। पाँच वर्षीय बालकसहित आज बैतडीमा दुई जना मृत फेला परेका छन् । सुर्नया गाउँपालिका–  ५ कक्स्याली ४७ वर्षीय ध्वजबहादुर विष्ट असोज २९ गते  घोडधौनीस्थित  दाजुको घरबाट आफ्नो घर जान्छु भन्दै हिँडेकामा आज बिहान १० बजे कक्स्यालीमा मृत फेला परेका हुन् । उनको मृत्युको कारण खुल्न नसके र  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिए । 
 
यसैबीच डिलाशैनी–४ मठैराजका पाँच वर्षीय सुभम विष्ट पनि मृत फेला परेका छन् । सुभमको शव दोगडाकेदार–६ चम्तडी नजिक चौलानी नदी किनारमा भेटिएको प्रहरीले जनाएको छ । कात्तिक २ गते  सुभमकी आमा २८ वर्षीया जयन्ती विष्टले सुभमसहित जमाडी नदीमा हाम फालेकी थिइन् । जयन्तीको अवस्था अझै अज्ञात रहेको छ । जयन्तीका श्रीमान् घरमै छन् । घटनाबारे अनुसन्धान अगाडि बढाइएको ताइएको छ । 
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद