Media Network

पछिल्लो २४ घण्टामा ८२ हजार बढीले छाडे उपत्यका 


खबरस्टोरी संवाददाता

२६ आश्विन २०७८,मंगलवार

काठमाडौँ। नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढ्दै गएको छ । 

घटस्थापनाको अघिल्लो दिनदेखि दशैँं मनाउन घर जाने क्रम चलिरहेको छ । गत २४ घण्टामा मात्रै  ८२ हजार बढीले काठमाडौँ उपत्यका छाडेका छन् । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत २४ घण्टामा ८ हजार ५ सय ८४ गाडीमा ८२ हजार ६ सय ३८ जनाले काठमाडौं छाडेका छन् । घर फर्कनेको सङ्ख्या बढेसँगै गाउँ भरिन थालेको छ भने काठमाडौँ उपत्यका रित्तिन थालेको छ ।
 

Share:
Reaction :
ताजा समाचार
खेलकुद