Media Network

पहिरो खसेपछि काठमाडौं-मुग्लिन सडकखण्ड अवरुद्ध


खबरस्टोरी संवाददाता

१२ असार २०७९,आईतवार

चितवन । चितवनको इच्छाकामना गाउँपालिकामा गएको पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दिउँसो साढे १२ बजेतिर झरेको पहिरोका कारणले काठमाडौं-मुग्लिन सडकखण्डमा सवारी साधनको आवतजावत पूर्ण रुपमा बन्द भएको छ ।

मुग्लिङबाट काठमाडौँतर्फ आउँदा तीन किलोमिटर अगाडि पहिरो खसेको र हटाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद