Media Network

पहिरो खसेपछि मालढुङ्गा–बेनी सडक अवरुद्ध


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

काठमाडौं । कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको मालढुङ्गादेखि म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक शुक्रबाररातिदेखि अवरुद्ध भएको छ । 

पर्वतको कुश्मा नगरपालिका–१ स्थित मालढुङ्गा नजिकै ठूलो पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएकोे हो । रातीदेखिको वर्षा विहानसम्म पनि नरोकिएकाले पहिरो हटाउन समस्या भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङबाट छुटेका सवारी साधन खनियाघाटमा अलपत्र परेका छन् भने अन्यत्रबाट ती जिल्लाका लागि आएका सवारी साधन मालढुङ्गामा रोकिएका छन् । निर्माणाधीन उक्त सडक वर्षाका कारण पछिल्लो दुई सातादेखि निरन्तर अवरुद्ध हुँदै आएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद