Media Network

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

चितवन।  चितवनको ईच्छाकामना गाँउपालिका ६ चारकिलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । 

सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद