Media Network

पहिरोको कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालमा


खबरस्टोरी संवाददाता

१५ असार २०७९,बुधबार

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सञ्चालनमा आएको प्रहरी स्रोतले जानकारी दिएको छ । 

माथीबाट पहिरो खस्दा रोकिएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछी पुनः सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले बताएको छ । बिहान करिब ६ बजे पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको  थियो जसको कारण सयौ सवारी साधन रोकिन पुगेका थिए । मुग्लिन, आबुखैरेनी हुँदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालनमा आएपनि पोखरा जाने सडक भने अझै अवरुद्ध रहेको प्रहरीले बताएको छ । 

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्ध नै छ । माथीबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको र पहिरो पन्छाउने काम भइरहेको तनहुँका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
  

Share:
Reaction :
ताजा समाचार
खेलकुद