पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध


खबरस्टोरी संवाददाता
१६ असार २०७९, बिहीबार
पहिरोको कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध
सिन्धुली। गोलन्जोर गाउँपालिका–६ हर्देनीमा गएराति ढुङगा, माटो सहितको पहिरो जाँदा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । 

सडक अवरुद्ध हुँदा सवारी साधन आवागमन प्रभावित भएको छ ।