Media Network

अपडेटः पहिरोले बगाएका तीन जनाकै शव भेटियो


खबरस्टोरी संवाददाता

१८ असार २०७९,शनिबार

पाँचथर । अविरल वर्षासँगै खसेको पहिरोले पाँचथरको फालेलुङमा एक घर बगाउँदा बेपत्ता तीन जनाको शव भेटिएको छ । 

फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर शुक्रबार रातीको पहिराले बगाएको थियो । पहिरोले घर बागाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका थिए । रुपलालकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर सकुशल भेटिएको छन् ।  घटनास्थल पुगेको प्रहरी टोलीले विहानदेखि नै खोजी तथा उद्धार कार्य जारी राखेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद