Media Network

पहिरोले घर भत्किदा बालिकाको मृत्यु


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

स्याङ्जा । स्याङ्जामा पहिरोमा परेर एक बालिककाको मृत्यु भएको छ । अबिरल वर्षाका कारण स्याङजाको गल्याङ नगरपालिका–१० पकवादी दुबिनडाँडामा आज बिहान ढाकाराम भट्टराईको घर पछाडिको ढिस्को भत्किँदा उनकी १५ वर्षीया छोरी रेखा भट्टराईको मृत्यु भएको हो ।

रेखाको उपचारका क्रममा गल्याङ नगर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबिन्द्र खनालले जानकारी दिए । घटनामा १६ वर्षका लक्ष्मीकान्त भट्टराई घाइते भएका छन् । घाइतेको उपचार गल्याङ नगर अस्पतालमा भइरहेको छ ।

पाँच जना परिवार रहेको घरमा तीन जना घर बाहिर रहेका थिए । 

पहिरोमा परी गोठसमेत भत्किएको छ । गोठ भत्किदा गोठमा रहेका २ वटा भैंसी र २ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद