Media Network

पहिरोले खोला थुनिँदा पोखराका झण्डै डेढ सय घर डुबानमा


खबरस्टोरी संवाददाता

११ असार २०७९,शनिबार

पोखरा  । शुक्रबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा वडा नम्बर २५ का विभिन्न स्थानमा पहिरोका कारण बस्ती डुबानमा परेका छन् । 

पहिरोले त्यहाँ रहेका पशु फार्म बगाउँदा २५ भन्दा बढी खसी बाख्रा पुरिएको स्थानीय विरबहादुर लामिछानेले बताए ।लामिछानेका अनुसार पोखरा २५ हेम्जाको सुइँखेत क्षेत्रमा पानी जम्दा बस्ती नै डुबानमा परेको छ । पोखरा २५ क्षेत्रमै गएको पहिरोले १२ वटा घर क्षति पुर्याएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद