Media Network

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

पोखरा।  पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको ताराको ९ एनएईटी टि्वनअटर  जहाज सम्पर्कविहीन भएको हो ।  यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद