Media Network

पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव गरेको छ ।

गण्डकी प्रदेश मन्त्रिपरिषदको पछिल्लो बैठकले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न प्रस्ताव गरेको हो ।

बैठकले पर्यटनको राजधानी बनाउनका लागि आवश्यक मापदण्ड बनाउन प्रदेशको पर्यटन मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव गरेको गण्डकी सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्काले बताए ।

गण्डकी प्रदेशको आर्थिक उत्थान तथा पर्यटन क्षेत्रको पुनरूत्थानका लागि दातृ निकायसँग सहकार्य गर्न उक्त प्रस्ताव गरेको मन्त्री खड्काले बताए ।

यसअघि एमाले नेतृत्वको गण्डकी सरकारले पनि पोखरालाई पर्यटन राजधानी घोषणा गर्न केन्द्र सरकारलाई सिफारिस गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद