Media Network

पाल्पाः ब्राण्डिङ पाल्पाली, ढाकाको राजधानी


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७८,आईतवार

काठमाडौं । लुम्बिनी प्रदेशको पाल्पा जिल्ला ढाकाको राजधानी बनेको छ । हातले बुनेको ढाकाका टोपी लगायतका कपडाहरुको उत्पादनले परिचित पाल्पालाई ढाकाको राजधानी घोषणा गरिएको हो । 

लुम्बिनी प्रदेशका कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रमा घर्ती र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद दुवाडीले औपचारिक कार्यक्रम गरी पाल्पालाई ढाकाको राजधानी घोषणा गरेका हुन् । 

सो अवसरमा मन्त्री घर्तीले महिलाको सीप विकास गरी उद्यमशीलता विकासमा प्रदेश सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता जनाएकी छन् । 

हातले बुनेको ढाका उत्पादन गर्ने जिल्लाका रुपमा परिचित पाल्पालाई ढाकाको राजधानी घोषणा गरिनुलाई पाल्पालीले सुखद भनेका छन् । 

गत माघमा यूकेएड (सीप) को सहयोेगमा पाल्पाली ढाकालाई ब्राण्डिङ् अन्तर्राष्ट्रियकरण गरिएको थियो । पाल्पाली ढाका उत्पादनलाई अन्तर्राष्ट्रियकरण गरिएसँगै पाल्पालाई ढाकाको राजधानी बनाउने ढोका खुलेको हो । युके एड, लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका संघको साझेदारीमा ‘नेपाली ढाका समृद्धिको लागि साझेदारी’ परियोजनामार्फत ब्राण्डिङ गरेको ढाका बजारमा ल्याइएको छ । 

सजावटका सामग्रीदेखि पाल्पाली ढाका टोपीका साथै हातेपर्स, टाइ, ब्याग, आसकोट, कुर्ता, दौरा सुरुवाल तथा गिफ्ट सामग्रीसमेत ढाकाबाटै निर्माण हुन थालेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद