Media Network

पाल्पामा बस दुर्घटना, सातको मृत्यु


खबरस्टोरी संवाददाता

१८ पुष २०७८,आईतवार

पाल्पा। पाल्पामा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताए । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ । दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद