पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
पुनः सञ्चालनमा आयो नारायणगढ–मुग्लिन सडकखण्ड
चितवन।  ईच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्व भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालनमा आएको छ। पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड भर्खर ११ः१५ बजेबाट दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यहाँ बिहान करिब ९ बजे पहिरो खसेपछि बाटो पूर्ण रुपमा अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ ।