Media Network

प्रहरीको अश्रु ग्याँस प्रर्दशनकारीको गुलेली


खबरस्टोरी संवाददाता

१२ फाल्गुन २०७८,बिहीबार

काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विरोधमा यतिबेला काठमाडौमा विशाल जनसागर उर्लेको छ ।

बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा एमसीसीविरुद्ध व्यापक जनप्रदर्शन भै नै रह्यो । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भयो । प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गर्यो भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरे। तर यो पटकको लडाई यतिमा मात्र सिमीत भने रहेन प्रहरीले दर्जनौ सेल अश्रु ग्याँस प्रहार गर्दा आन्दोलनकारीहरुले प्रतिकारको नयाँ शैली अपनाए ,यसपाली उनीहरुले गुलेलीलाई आफ्नो हतियार बनाए । 

प्रहरीले निरन्तर रुपमा अश्रु ग्याँस हानीरहदाँ त्यसको प्रतिकार उनीहरुले गुलेलीले गरे। यद्यपी प्रदर्शनका क्रममा एक जना आन्दोलनकारी भने गम्भिर घाईते हुन पुगे ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद