प्रेस काउन्सिलले ऋषि धमलासँग माग्यो २४ घण्टे स्पष्टीकरण


खबरस्टोरी संवाददाता
२३ चैत्र २०७८, बुधबार
प्रेस काउन्सिलले ऋषि धमलासँग माग्यो २४ घण्टे स्पष्टीकरण
काठमाडौ । पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपाललले विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम टाइम टेलिभिजनका सञ्चालक समेत रहेका पत्रकार धमलाले विमान भित्रै रिपोर्टिङ गरेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।