प्रेस सेन्टर नवलपरासीका अध्यक्ष राजु पोखरेलको मृत्यु


खबरस्टोरी संवाददाता
२५ जेष्ठ २०७९, बुधबार
प्रेस सेन्टर नवलपरासीका अध्यक्ष राजु पोखरेलको मृत्यु
नवलपुर। प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम) का  अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि  धुर्कोट गाउँपालिका ४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ  । दौतरी  एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।