Media Network

प्रसाईँलाई दुबईका राजकुमारले दिए सुनको लौरो उपहार


खबरस्टोरी संवाददाता

४ असार २०७९,शनिबार

काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका युएईका राजकुमार शेख मोहम्मद माक्तुम जुमाले मेडिकल उद्यमी दुर्गा प्रसाईँलाई सुनको लौरो उपहार दिएका छन्  । 

झापास्थित प्रसाईँको बिएण्डसी तथा पुर्वाञ्चल क्यानसर अस्पतालमा सञ्चालनमा ल्याउन लागिएको पेट सम्बन्धीको सिटी स्क्यान मेशिनको उदघाटन गर्न पुगेका राजकुमार जुमाले सुनको लौरो उपहार टक्र्याएका छन् । 

शुक्रबार काठमाडौं आइपुगेका राजकुमार शनिवार र आइतबार दुई दिन झापामा रहने भएका छन् । राजकुमार मोक्तुमले बिर्तामोडमा रहेको बिएण्डसी तथा पूर्वाञ्चल क्यानसर अस्पतालको अवलोकनका साथै पेट सम्बन्धीको सिटी स्क्यान मेसीनको समेत उदघाटन गर्ने कार्यक्रम रहको छ । दुर्गा प्रसाईको निमन्त्रणामा राजकुमार नेपाल आएको सो अस्पतालको सूचना शाखाले जनाएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवम् व्यवसायी दुर्गा प्रसाईलाई सुनको लौरो उपहार दिएका छन्। तस्बिर ः दुर्गा प्रसाईको फेसबुकबाट

Share:
Reaction :
ताजा समाचार
खेलकुद