Media Network

पार्टीका चार नेतासँग राप्रपाले माग्यो स्पष्टीकरण


खबरस्टोरी संवाददाता

३० असार २०७९,बिहीबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी हित विपरीत गतिविधि गरेको भन्दै चार नेतासँग स्पष्टीकरण माग गरेको छ ।

बुधबार (आज) पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिम्सिना र राजाराम श्रेष्ठसँग स्पष्टीकरण माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभाबी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई उनीहरूलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरिएको उनले बताए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद