संविधानमा प्रदेश तथा प्रतिनिधिसभाको म्याद निर्वाचित भएको मितिदेखि ५ वर्ष भनेर लेखिएकाले वर्तमान संघ तथा प्रदेशको कार्यकाल मंसिर २२ पछि सकिने उनले बताए । थपलियाले भने, ‘पहिलो सांसद निर्वाचित भएको २०७४ मंसिर २२ गते हो । निर्वाचित भएको मितिदेखि भनेपछि मंसिर २२ लाई आधार मान्नु पर्छ ।’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनसम्बन्धी कानुनमा आयोगसँगको परामर्शमा नेपाल सरकारले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।
०७४ साल मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव भएको थियो ।