Media Network

प्रदेश १ सरकारको बजेट ९४ अर्ब


खबरस्टोरी संवाददाता

१ असार २०७९,बुधबार

बिराटनगर ।  प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि झण्डै ९४ अर्ब बराबरको बजेट पेश गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बुधबार प्रदेशसभामा ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४ दशमलव ३४ प्रतिशतले रहने र आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५ दशमलव ४१ प्रतिशतले वृद्धि हुने लक्ष्य लिएको छ । 

कृषि क्षेत्रमा २ अर्ब ५९ करोड २३ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । सिँचाई, उर्जा तथा खानेपानी क्षेत्रका लागि ६ अर्ब ६ करोड ५६ लाख बजेट विनियोजन गरिएको हो ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ९० करोड बजेट विनियोजन गरिएको छ । सञ्चार तथा यातायात क्षेत्रमा ३० करोड ५० लाख, स्वास्थ्य क्षेत्रमा ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेको मन्त्री आङ्बोले बताए ।

पर्यटन प्रवर्द्धनका लागि १ अर्ब १३ करोड ५७ लाख, वन, वातावरण तथा भू–संरक्षण क्षेत्रका लागि १ अर्ब ३० लाख, कानुन, विपद् व्यवस्थापन तथा मानवअधिकार प्रवर्द्धनका लागि ५७ करोड बजेट विनियोजन गरिएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद