असार ४ गते भ्रमणमा निस्किएका शर्माले लेबनान, सिरिया र संयुक्त राज्य अमेरिकाको भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।
प्रधान सेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्की, रक्षा सचिव किरणराज शर्मालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
विभिन्न समयमा हुने गरेका यस किसिमको उच्च स्तरीय भ्रमणले द्वन्द्वग्रस्त मुलुकहरुमा शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरुको भूमिका तथा हौसलामा अभिवृद्धि हुनुका साथै युएन मिसनको गुणात्मक र ब्यवस्थापकीय पक्षहरु सबल बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।