Media Network

प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोटमा


खबरस्टोरी संवाददाता

२४ पुष २०७८,शनिबार

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ।

प्रधानमन्त्री देउवा भेटवार्ताका लागि शनिबार बिहान भक्तपुर बालकोटस्थित ओली निवास पुगेका थिए। संसद् खुलाउने विषयमा संवाद गर्न देउवा ओली निवास पुगेका हुन्।  दुई नेताहरुबीचको छलफलमा एमसीसी लगायका विषयमा पनि कुराकानी हुने बताइएको छ।

यसअघि बिहीबार र शुक्रबार सत्ता गठबन्धनको बैठक बसेको थियो। संसद पुनर्स्थापना भएपछि प्रतिपक्षी एमालेले संघीय संसदमा अवरोध गर्दै आएको छ।सूचना सभामुखले नटाँसेको भन्दै एमालेले निरन्तर संसदमा नाराबाजी गर्दै आएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद