फोहोर उठाउने सहमति भए पनि फोहोर फाल्ने ठाउँका स्थानीयले विरोध गरेपछि फोहोरसहितका डेढ सय ट्रक काठमाडौं फर्काइएको थियो। बुधबार बिसर्जनका लागि बञ्चरे पु¥याइएका ट्रकहरूलाई पुनः काठमाडौं नै फर्काइएको हो।
प्रहरीले बल प्रयोग गर्दा पनि काठमाडौंको फोहोर उठ्न नसकेपछि बिहीबार प्रधानमन्त्री देउवाले बालेनलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा भएको प्रगतिबारे जानकारी लिएका हुन्।
प्रधानमन्त्री कार्यलयका अनुसार प्रधानमन्त्री देउवाले मेयर बालेनलाई फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न सरकारको साथ रहने बताएका हुन्। उनले प्रधानमन्त्रीले बञ्चरेडाँडका स्थानीयबासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालिन समाधान खोज्न मेयर बालेनलाई आग्रह गरेका हुन्।
बुधबार प्रहरीले धरपकड र अश्रुग्याससहितको बल प्रयोग गरी काठमाडौंको फोहोर विसर्जन गर्ने प्रयास गरेको थियो। तर स्थानीयको आन्दोलन दबाउन नसकेपछि फोहोरका डेढ सय ट्रक काठमाडौं नै फर्काइएको थियो।