प्रधानन्यायाधीश विवाद : बार एशोसिएसन परिसरभित्रै वकिलहरूबीच कुटाकुट


खबरस्टोरी संवाददाता
१२ कार्तिक २०७८, शुक्रबार
प्रधानन्यायाधीश विवाद : बार एशोसिएसन परिसरभित्रै वकिलहरूबीच कुटाकुट

काठमाडौं।  सर्वोच्च अदालतमा केही सातादेखि चलिरहेको विवादले उग्र रुप लिएको छ  ।   प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामाको विषयलाई लिएर बार एशोसिएसन परिसर भित्रै वकिलहरूबीच कुटाकुट भएको छ। 

दुई जना वकिलहरू विराट न्यौपाने र भूमिनन्द चुँडालबीच अदालत परिसरमै कुटाकुट भएको हो। कुटाकुट गर्नेमा न्यौपाने प्रधानन्यायाधीशलाई हटाउने पक्षमा उभिएका थिए भने अर्का अधिवक्ता चुँडालले प्रधानन्यायाधीशको विरोध गरेर इजलास नै रोक्न नहुने बताउँदै आएका थिए।

 'विवाद चर्किँदै गएपछि सुरुमा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडाललाई झापट हानेका हुन्। त्यसपछि हात हालाहाल सुरु भयो,'  एक अधिवक्तले भने ।