Media Network

प्रधानसेनापति र इण्डोनेसियाका गैर–आवासीय राजदूतबीच भेटवार्ता


खबरस्टोरी संवाददाता

२७ जेष्ठ २०७९,शुक्रबार

काठमाडौं।  नेपालको लागि इण्डोनेसियाका गैर–आवासीय राजदूत हेरु हार्टएन्टो सुबोलोले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । 

सैनिक मुख्यालय जंगी अड्डा पुगी उनले आज प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

‘यस किसिमको भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  छ,’ सेनाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद