Media Network

पूर्वमन्त्री मिथिला चौधरीको निधन


खबरस्टोरी संवाददाता

२८ जेष्ठ २०७९,शनिबार

काठमाडौं । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा शुक्रबार राति निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा चौधरीको निधन भएको हो । 

नेकपा (संयुक्त)बाट संविधानसभा सदस्य रहेकी चौधरी तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारकामा जनसङ्ख्या तथा वातावरण मन्त्रीसमेत भएकी थिइन् ।

नेपाल महिला फेडरेशन सप्तरीकी अध्यक्षसमेत रहेकी चौधरीको जन्म २०२२ साल चैत्र ७ गते धनुषाको जनकपुरमा भए पनि सप्तरी जिल्लाको राजविराज नगरपालिकाकी स्थायी बासिन्दा थिइन् । उनको उनका श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद