Media Network

पश्चिम नवलपरासीस्थित अदालत परिसरमा गोली चल्यो


खबरस्टोरी संवाददाता

२३ जेष्ठ २०७९,सोमबार

नवलपरासी । पश्चिम नवलपरासीस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका विषयमा विवाद हुँदा गोली चलेको हो । 

अंश मुद्दा विवादमा सरावल गाउँपालिका–४ मंगलापुरका हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गर्दै गोली प्रहार गरेको प्रहरी जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार कसैलाई गोली लागेको छैन । गोली चलाउने यादव फरार छन् । उनको खोजी भइरहेकोे छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद