Media Network

पश्चिमी वायुको प्रभाव : दिउँसो हावाहुरीसहित वर्षाको सम्भावना


खबरस्टोरी संवाददाता

९ जेष्ठ २०७९,सोमबार

काठमाडौं।  नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। बिहान बागमती र गण्डकीका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो देशका केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई वर्षाको सम्भावना छ।

मंगलबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

 

Share:
Reaction :
ताजा समाचार
खेलकुद