कोष र होटेल आनन्द प्रालीकाबीच धर्मसाला होटल सञ्चालनका विषयमा भएका सम्झौताअनुसारका सर्त होटेल आनन्द प्रालीले पालना नगरेकाले सम्झौता रद्द गरिएको कोषले जनाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठकले उक्त सम्झौता रद्द गर्ने निर्णय गरेसँगै कोषले सूचना प्रकासित गरी सम्झौता रद्द भएको जनाएको छ ।
बतास समूहले सम्झौता रद्द भएको पत्र बुझन नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाइसकेको जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले कोषमार्फत होटल आनन्द प्रालिलाई धर्मसाला खाली गर्न बिहीबार पत्राचार गरेको थियो ।