Media Network

पाटन बारमा आज मतदान हुँदै


खबरस्टोरी संवाददाता

२५ असार २०७९,शनिबार

काठमाडौ । नेपालको ९० वटा बार इकाइमध्ये सबैभन्दा बढी सदस्य सङ्ख्या भएको पाटन उच्च अदालत बार एसोसिएसनको २०औँ नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ । नेपाल बारलाई समेत टक्कर दिने बारका रुपमा रहेको उक्त बारमा दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । त्यसमध्ये प्रजातान्त्रिक समूहमा रामकृष्ण शर्मा र प्रगतिशील समूहमा शान्तिराम खतिवडा प्रतिस्पर्धी रहेका छन् ।

प्रगतिशील समूहमा नेकपा (एमाले) र समाजवादी निकट कानून व्यवसायी रहेका छन् भने बाँकी सबै प्रजातान्त्रिक समूहमा छन् ।    नयाँ कार्यसमितिमा पाँच  र १४ गरी १९ सदस्य रहनेछन् । जसमा पदाधिकारीका लागि १० र सदस्यका लागि १८ जना चुनावी मैदानमा छन् । बार निर्वाचन समितिका प्रमुख अधिकृत केदार अधिकारीका अनुसार नयाँ कार्यसमितिका लागि बिहान ९ बजेदेखि मतदान प्रारम्भ भएको र बेलुका  ५ः १५ सम्म मतदान जारी रहन्छ । आजै  साँझ करिब ७ बजेतिर मतगणना सुरु गरिने निर्वाचन समितिको तयारी छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद