Media Network

पत्र बुझ्न अस्वीकार गरेपछि बतासको नाममा सार्वजनिक सूचना जारी


खबरस्टोरी संवाददाता

२१ चैत्र २०७८,सोमबार

काठमाडौ । तिलगंगास्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन आग्रह गर्दै पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र लिन बतास समूहले इन्कार गरेपछि पशुपति क्षेत्र विकास कोषको सञ्चालक परिषद्ले सार्वजनिक सूचना जारी गरेको छ।  । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पठाएको थियो तर बतास समुहले भने पत्र बुझ्न बतास अस्वीकार गरेको हो।परिषद्ले श्री होटल आनन्द प्रालि सो प्रालिका सञ्चालक आनन्द बतास तथा सो प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालेको हो। पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सम्झौताबमोजिमका सर्त पालना नगरेको भन्दै होटल सञ्चालनका लागि  गरिएको करार सम्झौता रद्द गरेको हो। 

कोषले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘कोषको च.नं. १४१४, चैत १७ गतेको पत्रबाट जानकारी गराएकोमा निजले करार भंगबारेको पत्र बुझी नलिएको, सो पत्र निजको आधिकारिक ईमेल ठेगानामा पठाई सकिएकोमा पुनः सार्वजनिक जानकारी समेतका लागि उल्लेखित मितिको पत्रको बेहोरा देहाय बमोजिम प्रकाशित गरिएको छ।’



Share:
Reaction :
ताजा समाचार
खेलकुद