Media Network

पत्रकार महासंघ चितवन शाखाद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न


प्रेम कडेल

१६ बैशाख २०७९,शुक्रबार

चितवन। नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिता विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारी , चितवन निर्वाचन कार्यालय प्रमुख भिमसेन कार्की , नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष  विपुल पोखरेल , केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सिजवाल,  नेपाल पत्रकार महासंघ चितवन अध्यक्ष नारायण प्रसाद अधिकारी , प्रेस युनियन केन्द्रीय उपाध्यक्ष दिपक आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेल, प्रेस  युनियनका चितवन अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर वाग्मती प्रदेश सचिव शशिधर गैरे लगायतका जिल्लाका संचारगृह एवम् संचार संस्थामा आबद्ध  पत्रकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै चितवनका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले पत्रकारले कुनै राजनीतिक दल वा व्यक्तिबाट चन्दा , उपहार , दानदातव्य लिन नहुने , कसैको प्रभावका समाचार लेख्न नहुने र सत्यतथ्य निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद