माेटरसाइकलमा सवार पुरूष भने सवारी फालेर ज्यान जाेगाएका थिए भने कार मानिससहित पहिराेमा खसेकाे प्रहरीले बताएकाे छ। नदी किरानबाट प्रहरीले दुई जनाको शव फेला पारेकाे छ । मृतकमध्य एक जना गाेरखाकाे सिरानचाेक गाउँपालिका स्थित छाेप्राकका केशव घिमिरे रहेको प्रहरीले जनाएको छ ।
पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ। उक्त सडक भासिँदा दुईतर्फी सवारी आवगमन अवरुद्ध भएको छ। पहिरोका कारण सवारी साधनको जाम भएपछि यात्रु अलपत्र परेका छन्।