Media Network

रोहिणी बस दुर्घटना अपडेट : मृतक नौमध्ये ४ को सनाखत, १६ जनाको अवस्था गम्भीर


खबरस्टोरी संवाददाता

२२ जेष्ठ २०७९,आईतवार

रुपन्देही। रुपन्देहीमा भएको यात्रुबाहक बस दुर्घटनाका नौ मृतकमध्ये चारजनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवल योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११, कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डे रहेको अस्पताल प्रशासनले जनाएको छ । 

पहिचान खुलेका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

 जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आज बिहान करिब ४ः ३० बजेतिर दुर्घटना भएको थियो । रोहिणी गाउँपालिका वडा नम्बर ३ र ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने बसन्तपुरस्थित रोहिणीखोला पुलबाट बस खसेको हो ।

बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए । हाल दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको छ भने  १६ जनाको अवस्था गम्भीर रहेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद