आइतबार एक सूचना जारी गर्दै विभागले उपत्यकाको जिल्ला भित्र आवेदन दिएको दुई दिन भित्र र उपत्यका बाहिरका जिल्लामा १० देखि १५ दिन भित्र विद्युतीय राहदानी उपलब्ध गराउने व्यवस्था लागू भइसकेको कारण उपत्यका बाहिरका सेवाग्राहीले काठमाडौंमा नै आउनुपर्ने वाध्यता नरहेको विभागका प्रवक्ता शरदराज आरणले बताए ।
‘विभागले सेवाग्राहीहरूको सहजताको लागि प्रत्येक दिन २४०० जनाले अनलाइनबाट फाराम भर्न सक्ने र फाराम भरिसकेपछि तुरुन्त एक देखि चार दिनभित्र विभागमा राहदानी फाराम बुझाउन सक्ने र आवेदन गरेपछि दुई कार्यदिनमा राहदानी प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ,’ जारी सूचनामा उल्लेख गरिएको छ ।