राजधानी सडक कालोपत्र भएको दुई महिनामै भत्कियो


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
राजधानी सडक कालोपत्र भएको दुई महिनामै भत्कियो
काठमाडौं। काठमाडौँको जोरपाटी–गोकर्ण–सुन्दरीजलस्तिथ सडकको गोकर्ण–नयाँपाटी खण्ड कालोपत्र भएको दुई महिनामा कतै भत्किने र कतै भत्काएको अवस्थामा रहेको छ।

सात वर्षमा निर्माण भएको कालोपत्र सडक दुई महिनामै भत्किँदा फेरी पुरानै अवस्थामा खाल्डाखुल्डी, पानी जम्ने र धुलो उड्ने समस्या दोहोरिएको छ।