Media Network

रुकुम जिप दुर्घटनामा २ जनाको मृत्यु, सल्यानमा जन्ती बस पल्टिदा ६ घाइते


खबरस्टोरी संवाददाता

५ असार २०७९,आईतवार

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–११ चिसापानी नजिकै भेरी नदीमा जिप खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

राडिबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप शनिबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा जिप चालक र सहचालक दुवै जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ ।

मृत्यु हुनेमा चालक बाफिकोट गाउँपालिका–८ दुलिका कविराम बिक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का रहेका छन् । 

यता, सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जिप शनिबार राति दुर्घटनामा परेको हो ।

दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४ देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद