रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु


खबरस्टोरी संवाददाता
२१ असार २०७९, मंगलवार
रामेछापमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु
काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा मंगलबार बिहान भएको बस दुर्घटनामा दर्जनौं घाइते भएका छन् ।

उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउँन बाँकी नै छ ।