Media Network

रामायण सर्किट रेल जनकपुरधाम आइपुग्यो


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

जनकपुर । भारतको रामयण सर्किट रेल जनकपुरधाममा आईपुगेको छ । 

बिहिवार करिब ५ सय भारतीय पर्यटक बोकेर भारतबाट यो रेल नेपाल आएको हो ।  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु रावत र स्थानिय वासिहरुले जनकपुर स्थित रेल्वे स्टेसनमा भारतीय पर्यटकहरुलाई स्वागत गरे । 

तेत्रायुगमा भारत अयोध्याका राजा दशरथका छोरा रामसंग जनकपुरका राजा जनककी छोरी सीताको विवाह भएको थियो । रामायण सरर्किटमा उल्लेख गरिएका सबै ठाउँमा धार्मीक पर्यटनलाई जोड्नको लागि भारत सरकारले रामायण सर्किट तयार पारेको छ । जसमा नेपालको जनकपुरलाई पनि समावेश गरिएको हुनाले सोही क्षेत्रमा आज भारतीय पर्यटक बोकेर रामायण सर्किटको रेल नेपाल आएको हो । 

भारतीय पर्यटकलाई बोकेर नेपाल प्रवेश गरेसंगै सो रेललाई स्थानियवासीहरुले ठाउँठाउमा माला र अबिरले स्वातग गरेका छन् । भारतबाट सिधा भारतीय धार्मीक पर्यटक बोकेर जनकपुर आएको यो रामायण सर्किट नै पहिलो रेल हो ।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद