चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले चितवनबाट प्रतिनिधिसभा सदस्य पदको लागि उम्मेदवार सिफारिस गरेको छ ।
प्रचण्ड पुत्रीसमेत रहेकी रेणुलाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो ।
सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो ।
भरतपुर महानगरपालिकाको एक बर्षे कार्यकाल बाँकी छँदै महानगर प्रमुख दाहालले राजीनामा दिएर चुनावमा होमिने तयारी गरेको जनाइएको छ ।