काठमाडौं– गत स्थानीय निर्वाचनमा काठमाडौं मेयरमा प्रतिस्पर्धा गरेकी रञ्जु दर्शना वैवाहिक जीवनमा बाँधिएकी छिन्। किशु कुइँकेल र दर्शनाबीच बुधबार विवाह भएको हो। गत फागुनमा दर्शना र कुइँकेलले इन्गेजमेन्ट गरेका थिए।
विवेकशील साझा पार्टीमा उनी बागमती प्रदेश संयोजक बनेकी थिइन्। चार वर्ष विवेकशील साझामा आबद्ध उनी पार्टीमा विवाद भएपछि राजीनामा दिएक थिईन् ।