Media Network

रुपन्देहीमा विजय जुलुसमा हिँडेकाे मिनी ट्रक दुर्घटना, ६ जना गम्भीर घाइते


खबरस्टोरी संवाददाता

४ जेष्ठ २०७९,बुधबार

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर-१० मा विजय जुलुसमा प्रयाेग भएकाे मिनी ट्रक  दुर्घटना भएको छ। दुर्घटनामा परि एक दर्जन भन्दा बढी घाइते भएका छन् ।  मतगणना स्थलबाट एमालेकाे विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर-१० को शंकरपुरमा दुर्घटनामा परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार मिनी ट्रक अनियन्त्रित भएर पल्टिएको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।  घाइतेमध्ये ६ को अवस्था गम्भीर रहेको छ। 

घटनाकाे यकिन विवरण भने आउन बाँकी छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद