राष्ट्रपति भण्डारीद्धारा दुई देशको राजदूत नियुक्त


खबरस्टोरी संवाददाता
१३ असार २०७९, सोमबार
राष्ट्रपति भण्डारीद्धारा दुई देशको राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।