Media Network

राष्ट्रपति भण्डारीद्वारा एमबीबीएस कार्यक्रम शुभारम्भ


खबरस्टोरी संवाददाता

२६ मंसिर २०७८,आईतवार

कर्णाली  । राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको बहुप्रतिक्षित एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा शुभारम्भ गरेकी छन् । 

सो अवसरमा उनले रु ७६ करोड लागतमा निर्माण हुन लागेका चिकित्सा शिक्षाको शैक्षिक भवनको समेत शिलान्यास गरेको प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले जानकारी दिए । राष्ट्रपति भण्डारीले शुभारम्भ गरेपश्चात् आजबाट एमबीबीएस, बी.फार्म, बीएनएस, बीएमएसलगायत शैक्षिक कार्यक्रमको औपचारिक पढाइ सुरु भएको उपकुलपति डा.रावलले बताए । 

कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख तिलक परियार, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, राज्यमन्त्री भवानीप्रसाद खापुङ, राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी, डा.गुणराज लोहनी र डा.रमेश ढकालको सहभागिता रहेको थियो । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद