कृषि...">

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनले अरुले हातले रोपे धान (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१५ असार २०७९, बुधबार
राष्ट्रिय धान दिवस : मन्त्री  यादवले मेसिनले अरुले हातले रोपे धान (फोटोफिचर)
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । 

राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । 

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । 


१५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् ।