शनिबार जावलाखेलमा विशेष समारोहबीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथयात्रा औपचारिक रूपमा सम्पन्न भएको हो । भोटोजात्रा समारोहमा राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् । मच्छिन्द्रनाथको भोटो अवलोकन गरिन् । मच्छिन्द्रनाथको दर्शन गरिन् ।
मच्छिन्द्रनाथको रथलाई जाउलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रूपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रूपमा मानिने गरिन्छ ।