Media Network

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयो


खबरस्टोरी संवाददाता

१९ जेष्ठ २०७९,बिहीबार

 ललितपुर । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्याइएको छ। बुधबार रथलाई लगनखेलबाट जावलाखेल पुर्याइएको हो। ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।

उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ । जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाइन्छ ।हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितिमा भोटो देखाइनेछ ।

भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद